Swornakshar Logo

कांग्रेस महाधिवेशनः १५२० मतगणना हुँदा गगनले पाए ९८५ मत, विश्वप्रकाश ६ सय मतका साथ दोस्रोमा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भएको निर्वाचनमा महामन्त्री पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार १५२० मत गन्दा गगन थापाले ९८५ मत पाएका छन् । विश्वप्रकाश शर्माले ६०३ मत पाएका छन् । प्रकाशशरण महतले ४९१ मत पाएका छन् र प्रदिप पौडेलले ४४७ मत पाएका छन्।

मीनेन्द्र रिजालले २५४ मत र राजाराम कार्कीले ४७ मत पाएका छन् । दुई जना महामन्त्रीको लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।