Swornakshar Logo

कांग्रेस महाधिवेशनः उपसभापतिको मत परिणाम सार्वजनिक, दुई मतले हारे गच्छदार

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । दई जना उपसभापतिमा विजयी हुदा खडकाले २१२१ मत ल्याएका छन् भने अर्का विजयी गुरुङले १९०८ मत ल्याएका छन् ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार राति सम्पन्न मतगणनाको परिणाम निर्वाचन समितिले घोषणा गरेको हो। उपसभापति पदका उम्मेदवारहरुको अन्तिम मत परिणाम घोषणा गरिएको छ।

खड्काले सबैभन्दा धेरै २१२१ मत प्राप्त गरेका छन्। गुरुङले १९०८ मत पाएका छन् । उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदारले १९०६ मत पाएका छन्। गुरुङले दुई मतान्तरले विजयीकुमार गच्छदारलाई पछाडि पारेका छन्।

यस्तै चन्द्र भन्डारीले १५८०, सुजाता कोइराला ६४४, महेश आचार्य ५८९ र दिव्येश्वरी शाहले १३२ मत पाएका छन्।