Swornakshar Logo

कांग्रेस महाधिवेशनः पौडेल निवासमा साझा उम्मेदवारको प्रसाय जारी ,प्रकाशमान उम्मेदवारी दर्ताको तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट अझै पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयास जारी रहेको छ । संस्थापन इतर समूहका केन्द्रीय सदस्यहरु छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोरा टारमा बैठक बसेका छन् । बैठकमा नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसी, बन्द्री पाण्डे लगायतले नेताहरु छलफलमा जुटेका बताइएको छ ।

पौडेलको संयोजनमा बसिरहेको बैठकमा सभापतिका दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह भने उपस्थित भएका छैनन् । यस्तै सभापतिको दाबी छोडेका शशांक कोइराला पनि बैठकमा सभागी नभएको बताइएको छ । आज विहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु हुने भएपनि संस्थापन समूहले साझा उम्मेदवार तय गर्न सकेको छैन । जब कि पहिला देखि नै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा साझा उम्मेदवार तय गर्ने बताउदै आएका छन् ।

मंगलबारबाट निरन्तर छलफलमा रहेको संस्थापन इतर समूहमा नेता प्रकाशमान सिंह र शेखर कोइरालाको अड्डीका कारण उम्मेदवार तय गर्न सकेको छैन । पौडेल र शशांकले प्रकाशमान र शेखर मिलेर आए आफू छोड्न तयार रहेको बताएका थिए ।
पौडेल निवासमा साझा उम्मेदवारको खोजी भइरहेका बेला नेता सिंहले छुट्टै उम्मेदवारी घोषणा गर्दै छन् । बिहान १० बजे उम्मेदवारी घोषणा गरेर मनोनयन दर्ता गर्न जाने सिंहको तयारी छ ।