Swornakshar Logo

आफ्नो पक्षको बैठकबाट बाहिरिएका पौडेल सिटौला निवासमा

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा साझा उम्मेदवार तय गर्न भनेर बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक बसेको छ । उक्त बैठकबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेल कृष्णप्रसाद सिटौलाको निवास पुगेका छन्। ​

सिटौलाको निवासमा पुगेका पौडेलले कांग्रेसको नेतृत्व परिवर्तनका सिटौलासंग मिलेर जान प्रस्ताव राखेको बताइएको छ ।
पौडेल पुग्नु भन्दा पहिला नै सिटौला निवासमा उनी पक्षहरुको बैठक जारी थियो । सिटौला पक्षले उम्मेदवार चयन तथा महाधिवेशनमा चुनावी तालमेलबारे छुट्टै बैठक जारी छ। बैठक जारी भएकाले दुई नेताबीच छोटो भेट भएको बताइएको छ । पौडेलको प्रस्तावमाथि सिटौलाले थप जवाफ नदिएको स्रोतले बताए ।

आज एकसाथ संस्थापन (देउवा), संस्थापन इतर (पौडेल) र सिटौला पक्षले बिहानैदेखि आआफ्ना बैठक जारी राखेका छन् ।