Swornakshar Logo

कांग्रेस महाधिवेशनः उम्मेदवार छान्न देउवा निवासमा बैठक, समुहबाट निधिलाई आउट

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवार तय गर्न संस्थापन पक्षको बैठक बसिरहेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलण्ठमा बैठक जारी रहेको छ । बैठकबाट पदाधिकारी र केन्द्रीय सदस्यको प्यान तयार गर्ने स्रोतले बताए ।
संस्थापन पक्षको उक्त बैठकमा उपसभापति विमलेन्द्र निधिलाई भने बोलाइएको छैन ।
यसअघि संस्थापन पक्षमै रहेका निधिले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेपछि निधि र देउवाको दुरी बढेको बताइन्छ ।

बैठकमा अन्य पदाधिकारी र देउवा पक्षधर केन्द्रीय सदस्यहरू उपस्थित छन् ।