Swornakshar Logo

कांग्रेस महाधिवेशनः संस्थापन इतर पक्षको सभापतिको उम्मेदवार टुंग्याउन बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षको बैठक गौशालास्थित अनुपम फूडल्याण्डमा सुरु भएको छ । बैठकबाट संस्थापन इतर पक्षले सभापतिको साझा उम्मेदवार टुङगो लगाउने बताइएको छ ।

शुक्रबारदेखि नेपाली कांग्रेसको १४औं महाधिवेशन शुरु हुँदै गर्दा सभापतिको साझा उम्मेदवारको टुंगो बैठक बसेको स्रोतले बताए ।
संस्थापन पक्षबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः सभापतिमा दोहरीने तयारीमा छन् ।

संस्थापन इतर पक्षको पछिल्लो तीन दिनदेखि औपचारिक छलफल भइरहे पनि अझै सभापतिका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । आजको बैठकबाट सके टुङग्याउने तयारी भएको बताइएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिका आकांक्षि छन् । महामन्त्री डा. शशांक कोइरालाले भने अरूले सहमति जनाए आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहने बताएका छन् ।

सभापतिको साझा उम्मेदवार बनाउन बैठक सुरु भएको छ । संस्थापन नेता देउवासँग भिड्नका लागि साझा उम्मेदवारको आवश्यकता भएको भन्दै सकेसम्म सर्वसम्मत तरिकाले संस्थापन इतर पक्षले सभापतिको उम्मेदवार छान्ने तयारीका साथ बैठक बसेको छ ।

मंगलबार नेता सिंहको निवास चाक्सीबारीमा भएको लामो समयको छलफलले पनि सभापतिको टुङगो लगाउन सकेन ।