Swornakshar Logo

विधान संशोधन गर्न माओवादी केन्द्रद्वारा ५ सदस्यीय उपसमिति गठन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान संशोधन गर्न ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

शुक्रवार माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटीको बैठकले विधान संशोधन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाएको छ । विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान शंसोधन गरिसक्ने महराले बताए ।

राप्ष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुले प्रवेश शुल्क दुई हजार रुपैयाँ तिर्नु पर्ने छ। राष्ट्रिय सम्मेलनको लागि व्यवस्थापन उपसमितिहरु पनि बनाइएको छ। बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनका लागि स्वयंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए ।