Swornakshar Logo

केन्द्रीय सदस्यमा विजयी भएका भीम रावलले लिएनन् शपथ

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा पराजित भएका भीम रावलले केन्द्रीय सदस्यको शपथ लिएनन् । मत परिणाम अनुसार रावलले केन्द्रीय सदस्यमा ९०४ मत ल्याएर विजयी भएका छन् ।

केन्द्रीय सदस्यमा विजयी भएका रावलले शपथ लिन भने अस्विकार गरेका छन् । उपाध्यक्ष पराजित भएका घनश्याम भुसाल पनि केन्द्रीय कमिटीमा निर्वाचित भएका छन्।

भुसालले १२६४ मत ल्याएका छन् । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए ।

रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् ।