Swornakshar Logo

एमाले महाधिवेशनः पूर्वमाओवादीबाट बादलसहित तीन जना पदाधिकारीमा विजयी

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट एमालेमा बसेका तीन जना नेता पदाधिकारीमा विजयी भएका छन् । मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र पेश गरेकै पदाधिकारीको सूची मतदानबाट प्रतिनिधिहरुले अनुमोदन गरेका छन् ।