Swornakshar Logo

माओवादी केन्द्र कैलाशको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा मल्ल चयन

हेटौंडा । नेकपा माओवादी केन्द्र कैलाश गाउँ कमिटीको प्रथम अधिवेशन सोमबार सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको ३ नम्बर वडाको भार्तिङकमा कार्यक्रमको आयोजना गरि बाल कुमार मल्लको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा ठाकुर सिं थिङ , लाल सिं गुरुङ , डबल गोले (गुरुङ) सचिबमा कमल अर्याल , सहसचिबमा रबिन्द्र थिङ ,सुजाता फुयाल र कोषाध्यक्षमा सुशिल दोङ रहेका छन ।

त्यसै गरि सदस्यहरुमा राधाकृष्ण रिजाल ,तिलक मुक्तान , देब लाल बल , नमुना चेपाङ , गोबिन्द बिक लगाएतका गरि ५५ सदस्यीय गाउँकमिटी गठन गरिएको हो । गाउँ कामिटि गठन कार्यक्रममा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य बिर बहादुर् घलान (ज्वाला) अनेमा संघ (क्रान्तिकारी) का केन्द्रिय सदस्य रेखा पुलामि मगर लगाएतका उपस्थिति रहेका थिए ।