Swornakshar Logo

नेकपा माओवादी अध्यक्ष प्रचण्ड र हेमन्त ओलीबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका सचिवालय सदस्य हेमन्त प्रकाश वलीबीच भेटवार्ता भएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच गत बर्ष माघमा ३ बुँदे सहमति भएको थियो । उक्त सहमति कार्यन्वयनको विषयमा अध्यक्ष प्रचण्ड र नेता वलीबीच भेट भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपासंग भएको ३ बुँदे सहमति कार्यन्वयनमा ढिला सुस्ती गरेको भन्दै वलीले प्रचण्डलाई पहल गर्न आग्रह गरेको बताइएको छ । अहिलेपनि नेकपाका कयौ नेताकार्यकर्ताहरु जेलमा रहेका छन् । वलीले सहमति भएको लामो समय हुदा पनि सरकारले ढिला सुस्ती गर्दा आफ्नो पार्टीका नेता कार्यकर्ता जेलमा बस्नु परेको भन्दै प्रचण्डलाई पहल लिएर छिटो ३ बुँदे कार्यन्वय गर्न आग्रह गरेका छन् ।

दुबै नेताबीच लामो समयपछि भेटघाट भएको बताइएको छ ।