Swornakshar Logo

एमालेको अनुशासन आयोगमा केशव बडाल, लेखा आयोगमा पुष्प कँडेल

काठमाडौं । एमाले महाधिवेशनको बन्दसत्रमा केपी ओलीले अनुशासन आयोगको अध्यक्षमा केशव बडाल र लेखा आयोगको अध्यक्षमा पुष्प कँडेलको नाम प्रस्ताव गरेका छन्।

आज बिहान साढे ३ बजे ओलीले महाधिवेशनको बन्दसत्रमा एमालेको केन्द्रीय समितिका पदाधिकारीसँगै बडालको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग र कँडेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोगमा रहनेको नाम पनि प्रस्ताव गरेका हुन्। ओलीले प्रस्ताव गरेका नाम हलबाट पारित भएको बताइएको छ।

अनुशासन आयोगमा ११ महिला र १४ जना पुरुष छन् भने लेखा आयोगमा ९ महिला र १६ पुरुष छन्। दुबै आयोग २५ २५ सदस्यीय हुने व्यवस्था एमालेको विधानले गरेको छ।