Swornakshar Logo

नेकपा माओवादी केन्द्रद्धारा मकवानपुरगढी गाउँपालीकामा मोटर साईकल र्‍याली 

हेटौंडा । नेकपा माओवादी केन्द्रले मकवानपुरगढी गाउँपालीकामा आईतबार मोटरसाईकल र्‍याली गरेको छ । मकवानपुर गढी ४ रुद्रबाटिका बाट सुरु भएको मोटर साईकल र्‍याली मकवानपुर गढी गाउँपालीकाको मक्रान्चुली, सिखरकटेरी डुम्रेकुना ,आमभञ्ज्याङ हुदै सामरी पुल पुगेर कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा माओवादी केन्द्र बागमति प्रदेश सदस्य भिम पाख्रिन ,नेकपा माओवादी केन्द्र मकवानपुर गढी गाउँपालीका ईन्चार्ज मानकुमारी पाख्रिन , पालीका अध्यक्ष राजकुमार खड्का लगायत नेताकार्यकर्ताको सहभागीता रहेको थियो ।
सोमबार मकवानपुरगढी गाउँपालिकाको पहिलो गाउँ अधिवेशन हुदै छ ।

नेकपा माओवादी केन्द्रको पालिका अधिबेशन अन्तरगत मकवानपुर गढी गाउँपालीकाको पहिलो गाउँ अधिबेशन मसिंर १३ गते मध्यान्ह १२ बजे गढी ४ रुद्र बाटिकामा हुदै छ । माओवादी केन्द्र मकवानपुर ईन्चार्ज तथा बागमति प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा हुने अधिबेशनको तयारी पुरा भएको गाउँपालीका अध्यक्ष राजकुमार खड्काले बताए। गाउँ अधिबेशन गर्न बिभिन्न उपसमिति पनि बनाईएको छ । अधिबेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ । यसैबिच सोमबार नै वाईसिएल मकवानपुरगढी गाउँ पालीका अधिबेशन पनि हुदै छ ।