Swornakshar Logo

एमाले महाधिवेशनः अध्यक्ष मण्डलको बैठक सुरु

काठमाडौं । नेकपा एमालेको महाधिवेशन अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । दोस्रो दिनको बन्दसत्र सुरु भएपछि अध्यक्ष मण्डलको बैठक सुरु भएको हो ।

महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्म गर्ने भनेर दिनभरी पार्टी अध्यक्षा बसेको होटलमा छलफल भएको थियो । दिनभरीको छलफल पछि पार्टी अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे अध्यक्ष मण्डलको बैठकमा छलफल हुने छ।

अध्यक्ष मण्डलको बैठकले उक्त नामावलीलाई अनुमोदन गर्ने एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए । अध्यक्ष ओलीले आइतबार दिनभर छलफल गरेर प्यानल तयार गरेका छन् । शनिबार बन्दसत्रले पार्टीको पदाधिकारी र सदस्यहरु चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिएको थियो ।