Swornakshar Logo

अध्यक्षमा मेरो उम्मेदवारी कायम छः भीम रावल

चितवन । नेकपा (एमाले)को उपाध्यक्ष भीम रावलले आफ्नो अध्यक्षको उम्मेदवारी कायम रहेको बताएका छन् । दसौं महाधिवेशन हलबबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासबारे आफूलाई कुनै जानकारी नभएको बताए ।

शनिबार दिउँसो बन्दसत्रमा सहभागी हुने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले अध्यक्षमा आफ्नो उम्मेदवारी कायम रहेको बताए ।

अध्यक्षमा सर्वसम्मत हुने चाहना राखेका केपी शर्मा ओलीलाई रावलले चुनौती दिएका छन्। आफू र अरू पदाधिकारी सकेसमम र्वसम्मत बनाउन ओलीले छलफल थालेका छन् ।

रावलले सहभागी प्रतिनिधिहरूसँग अध्यक्षमा भोट पनि मागेका छन्।