Swornakshar Logo

एमाले महाधिवेशनः केन्द्रीय सदस्य र पदाधिकारी थपिने

९९ सदस्यीय पोलिटब्युरो गठन हुने

काठमाडौं । नेकपा एमालेले केन्द्रिय कमिटी २२५बाट बढाएर ३०१ सदस्यीय हुने भएको छ । साथै पदाधिकारीको संख्या पनि १५ बाट बढाएर १९ बनाएको छ । चितवनको सौराहामा बसेको पार्टीको अन्तिम केन्द्रिय कमिटी बैठकले उक्त निर्णय गरको हो ।

महाधिवेशनको उद्घाटन पछि बसेको बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णय गरेको छ । ४५ सदस्यीय स्थायी कमिटी भने यथावत राख्ने निर्णय गरेका छ । आयोग २५ सदस्यीय हुने भएका छन् ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केनद्रीय सदस्य र पदाधिकारी बढाउने प्रस्ताव गरेका बताइएको छ । उक्त प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । वरिष्ठ उपाध्यक्ष सहित ७ जना र उपमहासचिव तीन जना रहनेछन् ।

पार्टी एकताका लागि भन्दै एमालेले केन्द्रीय सदस्य, पदाधिकारी संख्या थप्ने निर्णय गरेको छ । केन्द्रिय समितिले गरेको निर्णय भोलीको बन्द सत्रमा विधान शंसोधन प्रस्ताव पेश गरिने पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए ।
एमाले असोजमा विधान महाधिवेशन गरेर केन्द्रीय कमिटी र पदाधिकारीको संख्या तोकेको थियो । तर महाविधेशनमा उक्त निर्णय उल्टाएको छ ।