Swornakshar Logo

घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

चितवनमा शुक्रबारबाट सुरु भएको १० औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नो दावी रहेको बताएका छन् ।

एमालेको १०औं महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु भएको छ ।

सहमतिको प्रयास जारी रहेको भएपनि अहिले उपमहासचिव रहेका भुसालले १० औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नो दावी रहने बताए ।