Swornakshar Logo

आउदो चुनावमा एकल बहुमत ल्याउँछौंः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी आउदो चुनावमा बहुमत ल्याउने बताएका छन् । देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने र कार्यकर्ताहरुलाई त्यसको तयारीमा रहन निर्देशन दिएका छन् । उ

पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि चुनावमा जाऔं भन्दा अन्य दलहरुले नमानेको स्मरण गरे । उनले भने ‘हामीले जनादेशमा जाऔ भन्यौ तर अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेका हुन । तर पनि अब छिटै चुनाव आउदै छ । चुनावबाट बहुमत ल्याउछौ ।’

देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको ओलीले बताए ।

‘संविधानको गलत व्याख्यालाई रोक्न पनि एमालेले बहुमत ल्याउनु पर्छ ओलीले भने ।