Swornakshar Logo

आपसमा विमति हुदा पनि वामआन्दोलन अगाडि बढेको छः चित्रबहादु्र केसी

काठमाडौं । नेपालमा वामआन्दोलन धेरै चुनौतिकाबीच पनि अगाडि बढीरहेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । एमालेको १० औं महाविधेशनलाई शुभकामना दिने क्रममा उक्त कुरा बताएका हुन ।

देशमा परिवर्तन हामी राजनीतिक पार्टीका कारण आएको हो भने अहिलेका विकृति विसंगति पनि हाम्रो कारणले आएको भन्न सक्नु पर्ने बताएका छन् । उनले भने ‘अहिलेको सबै परिवर्तन हामीले ल्याएका हौ । अलिहे भएका विकृति विसंगति पनि हामीले ल्याएका हौ । यसको सुधार गर्न हामी सुध्रर्नु पर्ने छ ।’

नेपालको वामआन्दोलनमा सबै भन्दा बढी समस्या आएको बताए । एकले अर्काको आलोचना गर्दा विदेशीहरुले खेल्ने ठाउँ पाएको बताए ।
वामआन्दोलनलाई अगाडि लैजान एमालेको यो महाधिवेशनले पहल गर्नु पर्ने बताए । हामीबीच बेमेल हुदा अरुले पनि लखेट्ने केसीले बताए । अहिले देशको राष्ट्रभौम , राष्ट्रियताको रक्षाको लागि सबै एक हुनु पर्ने बताए ।