Swornakshar Logo

एमाले महाधिवेशनः उदघाटन समारोहलाई अन्यदलका पाँच नेताहरुले सम्बोधन गर्ने

काठमाडौं। नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा केपी शर्मा ओली सहित अन्यदलका पाँच जना नेताहरुले सम्बोधन गर्ने भएका छन् ।
एमाले महाधिवेशनको उदघाटन चितवनको नारायणी नदी किनारमा १२ बजे गर्ने जनाएको छ ।
एमालेको तर्फबाट ओलीले सम्बोधन गर्ने छन् ।

महाधिवेशन उद्घाटन समारोहलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने छन्। माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, जनता समाजवादी पार्टीअध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, र राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गर्ने छन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अहिलेसम्म अन्या राजनीतिक दलबाट पाँच जना नेताहरुले र एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई सम्बोधन गर्नेछन् ।
एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।