Swornakshar Logo

कमरेड बञ्जाडेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

प्रचण्डले विज्ञप्ती जारी गरेर जनयुद्धदेखि अहिलेसम्म बञ्जाडेले पार्टीमा गरेको योगदान धेरै भएको बताएका छन् ।
उनले विज्ञप्तीमा भनेका छन् ‘कमरेड रामप्रसाद बञ्जाडे १७ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा सक्रीय हुनुहुन्थ्यो । अखिल (क्रान्तिकारी) को केन्द्रीय महासचिव हुँदै २०६० सालमा तात्कालिन नेकपा माओवादीको केन्द्रीय सदस्य हुनुभएको थियो । जनयुद्धको क्रममा अति संवेदनशील तथा विशेष भूमिका निर्वाह गर्नुभएका कमरेड बञ्जाडेको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ ।’

उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय प्रतिनिधि तथा रुपन्देही जिल्ला इञ्चार्ज थिए । उनको आज बिहान कबिर ५ बजे बुटवलको सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

दाङको भालुवाङमा सहिद, वेपत्ता योद्धा परिवार तथा घाइते अपाङ्ग संगठनको बैठकमा सहभागी भएर घर फर्कदै गर्दा बेलबास जितगढी घर नजिकै दुर्घटनामा परेका थिए ।

२०२३ साल फागुन १९ गते अर्घाखाँचीको साविक धारापानी गा.वि.स. औवलमा जन्मेका हुन । उनको आमा, एक श्रीमति, एक छोरी र एक छोरा छन् ।