Swornakshar Logo

म प्रधानमन्त्री छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैनः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले प्रधानमन्त्री नभएपनि त्यहि सर भएको बताएका छन् । उनले आज सुदुरपश्चिम प्रदेशको कैलालीमा उक्त कुरा बताएका हुन ।

जनतासँग सुनाएका योजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा नगरिदिएको तर अब त्यस्तो नहुने बताए ।
उनले भने ‘हुन त अहिले म प्रधानमन्त्री त छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छै ।’

बुधबार धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीलाई खलनायकको संज्ञा दिए ।

उनले भने ‘मैले त एउटा सपना देखेको थिएँ, कम्युनिस्टहरुलाई एक गरेपछि देशमा राजनीतिक स्थायित्व होला। छिटोछिटो विकास होला। सामाजिक न्याय होला तर ओली खलनायक भए ।’
उनले आफूले केपी ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएको बताए । तर जनताको काम नगरेको बताए । ओली आफ्नो खलनायक प्रवृतिले बालुवाटारबाट बालकोट पुगेको र प्रदेश सरकारबाट पनि हात धुन परेको बताए।