Swornakshar Logo

सचिवमा उम्मेदवारी दिन्छुः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफू पुनः सचिवकै उम्मेदवार हुने घोषणा गरेका छन् ।

बुधबार १०औं महाधिवेशन हुने चितवनमा पुगेर उक्त घोषणा गरेका हुन । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

उनले अरु प्रतिनिधिहरुसंग पनि सल्लाह गरेर अगाडि बढ्ने बताएका छन् । लामो यात्रामा जादा कहिलेकाहीँ चौतारीमा बस्नुपर्ने हुदा यो पालि आफू त्यहि गर्ने बताए ।

उनले आफूलाई एमालेमा राजनीति गर्न अझै १५ वर्ष उमेरको सुविधा भएको बताए।
उनले भने ‘अहिले नै धेरै माथिमाथि चढियो भने लुँडो खेलेजस्तो एकैपटक तल खस्ने सम्भावना हुन्छ ।’