Swornakshar Logo

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएको छः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि त्यो समयमा घटेका घटनाहरुको सत्यतथ्य छानबिन गर्नेका भने अधुरै रहेको बताएका छन् । बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पुगेको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले युद्धका घटनाको सत्यतथ्य छानबिन गर्न, पीडितलाई परिपूर्ण गर्न र सक्रमणकालीन न्यायको मान्यतामा आधारीत छानवीनको प्रक्रियाबाट टुङगोमा पुर्याई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकि रहेको बताएका छन् ।

प्रचण्डले आइतबार जारी गरेको विज्ञप्तीमा भनेका छन् ‘शान्ति प्रक्रियाका बाँकी कामको टुंगो लगाउने जिम्मेवारी सरकार मात्रै नभएर राज्यको पनि हो । आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति गर्व गर्दै सो समयमा भएका कमिकमजोरीको छानवीन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिबद्ध छौं । यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिबद्ध र एकताबद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्बद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं ।’

शहिद तथा बेपत्ता परिवार, घाइते विस्थापित लगायत पीडितसँग परामर्शमा अन्तर्राष्ट्रिय मापदण्ढको परिपालना गर्दै नेपाली मौलिकता विधेकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङगोमा पुर्याउन र शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।