Swornakshar Logo

हेटौंडा उपमहानगरपालिका ५ नं वडा भेला सम्पन्न

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको ५ नंं.वडाको वडा भेला सम्पन्न भएको छ । भेलाले देव नारायण लामिछानेको अध्यक्षतामा ३५ सदस्यीय वडा समिति गठन गरेको छ।


त्यस्तै उपाध्यक्ष रोजिता लम्साल, सचिव रिता आचार्य, कोषाध्यक्ष कृष्ण प्रसाद गौतम र सहसचिवमा विकास अधिकारीलाई चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्री माननीय कुमारी मुक्तान , विषेश अतिथि प्रल्हाद लामिछाने र अतिथि नगर इन्चार्ज विवेक राई र राजकुमार मुक्तान लगायतको आतिथ्य रहेको थियो ।

भेलामा बोल्दै प्रमुख अतिथि कुमारी मुक्तानले आगामी चुनावमा एमालेलाई खोजनु पर्ने बनाउँ छौँ भनेका छन् । यस सम्मेलनले ३ जना सहिद परिवारका सदस्यहरुलाई सम्मानपत्र सहित सम्मान गरेको छ जसमा सहिद एकनाथ सुवेदीकी श्रीमती कृष्ण कुमारी सुवेदी ,सहिद कृष्ण अर्यालकी श्रीमती कविता कठायत र सहिद नेहा राईकी आमा मैतिदेवी राईलाई सम्मानित गरेको छ साथै सो भेलाले गोकर्ण खनाल, दिनेश लाल श्रेष्ठ दिल बहादुर अधिकारी, भैरव कुमाल,विष्णुहरी ओझा, स्वस्थानी लामा र धननारायण श्रेष्ठलाई सल्लाहकार समितिमा निर्माण गरेको छ ।