Swornakshar Logo

मुख्यमन्त्री राईले पाए विश्वासको मत

काठमाडौं । प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । उनले राखेको विश्वासको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ ।
विश्वासको मतको पक्ष र विपक्षमा भएको मतदानमा ७९ जना उपस्थित भएका थिए ।

प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत सदस्यले राईलाई मत दिएका छन् । उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरेका छन् ।

मुख्यमन्त्री राईको पक्षमा नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकएत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।