Swornakshar Logo

नेकपा माले महासचिव मैनाली, प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने

काठमाडौं । नेकपा मालेको आठौं महाधिवेशनबाट महासचिवमा चन्द्रप्रकाश (सिपी) मैनाली महासचिवमा चुनिएका छन् । मालले आठौं महाधिवेशन चितवनमा भरखरै सकेको छ ।

नेकपा मालेले प्रदेश संरचनालाई हटाएर स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाउनु पर्ने धारणा सार्वजनिक गरेको छ । मालेले महाधिवेशनबाट अहिलेको संसदीय प्रणाली असफल भएको निष्कर्ष निकालेको छ । उसले यो व्यवस्थाको विकल्पमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु पर्ने निति लिएको छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान सबै दलहरुसँग लबिङ गर्ने गरी निर्णय गरेको बताइएको छ ।

मालेले बेलायती मोडलको संसदीय व्यवस्थाले देशको दीगो विकास हुन नसक्ने यसमा थुप्रै विकृती देखिए अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान सबै दलहरुसँग लबिङ गर्ने गरी निर्णय गरेको बताइएको छ ।