Swornakshar Logo

माओवादी अध्यक्ष प्रचण्ड अस्पतालबाट डिस्चार्ज हुदैे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार अस्पतालबाट डिस्चार्ज हुने भएका छन् । शनिबार स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
सचिवालयका अनुसार आइतबार दिउसोसम्म डिस्चार्ज हुने जानकारी दिए ।
अस्पतालमा उपचार पछि प्रचण्डको स्वास्थ्यमा सुधार भएपछि आइतबार डिस्चार्ज हुने सचिवालयले जानकारी दियो

सचिवालय स्रोतका अनुसार ‘अध्यक्ष केहि दिन पहिला हिमाली जिल्ला डोल्पाको पार्टी कार्यक्रममा जानु भएको थियो । हाइ अल्टीच्युटका कारण र त्यस लगतै भोजपुर जानु भयो त्यसका कारण अलि कति स्वास्थ्यमा समस्या आएको हो । आज डिस्चार्ज हुनु हुन्छ ।’
प्रचण्ड शनिबार अस्पताल भर्ना भएका थिए ।