Swornakshar Logo

प्रचण्डको सचिवालय फेरियो

काठमाडौँ । माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालय फेरेको छ ।
कात्तिक २३ मा बसेको स्थायी कमिटी बैठकले सचिवालय फेरर्ने निर्णय गरेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

लामो समय सचिवालयमा रहेका प्रमुख स्वकीय सचिव जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । महरा प्रचण्ड भूमिगत हुदा पनि सचिवालयमा बसेर काम गरेका थिए ।

स्वकीय सचिवका रुपमा पूर्व विद्यार्थी नेता रमेश मल्ललाई जिम्मेवारी दिइएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा मल्ल पनि सचिवालयमा बसेर काम गरेका थिए । प्रचण्ड छोरी गंगा दाहाल पनि स्वकीय सचिव छिन् ।

यस्तै बैठकले प्रेस संयोजक विष्णु सापकोटालाई पनि प्रेस सेन्टरको हालको जिम्मेवारीको काममा केन्द्रीत गराउने निर्णय गरेको छ ।