Swornakshar Logo

संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गदै आयल निगमको केन्द्रीय कार्यलय घेराउ गरेका हुन । सरकारलाई मूल्यवृद्धि फिर्ता लिन दवाव स्वरुप शुक्रबार बिहान १० बजेबाट विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन ।

खाना पकाउने ग्यास लगायतका पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने र निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले राजीनामा दिनुपर्ने भन्दै घेराउ र नाराजुलुस गरेका छन् ।
धर्नामा सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत दल सम्बद्ध विद्यार्थी संगठनहरुको सहभागीता रहेको छ ।

सरकारले पछिल्लो पटक यही कात्तिक २४ गते पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएको छ ।