Swornakshar Logo

एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट सर्वसम्मत छानिएका १७ प्रतिनिधिहरु

हेटौंडा । नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् ।

आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा ७३ जनाको उम्मेद्वारी परेको थियो । तर आजै सर्वसम्मत रुपमा प्रतिनिधि छानिएको क्षेत्र नंबर एकका निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए ।

यी हुन् मकवानपुर क्षेत्र नंबर १ बाट सर्वसम्मत छानिएका प्रतिनिधिहरु
कृष्ण दाहाल
रामचन्द्र राई
बद्री लम्साल
कमल विष्ट
वीर बहादुर घिसिङ फुर्वा
फुर्वा दोर्जे लामा
जुनेली श्रेष्ठ
सिता विष्ट

यी हुन् मकवानपुर क्षेत्र नंबर २ बाट सर्वसम्मत छानिएका प्रतिनिधिहरु
सुवास चन्द्र ठकुरी
एकलाल श्रेष्ठ
लाल बहादुर थापा
हिदम लामा,
महेश बर्तोला
बिण्णु प्रसाद ढकाल
वरिना बल
सुमित्रा काफ्ले

यसैगरि दलित कोटाबाट नारयण गजमेर सर्वसम्मत छानिएका छन् । दलित कोटामा तीन जनाको उम्मेद्वारी परेको थियो ।

१७ जना प्रतिनिधिको लागि क्षेत्र नंबर १ बाट ८ जना प्रतिनिधिको लागि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेद्वारी परेको थियो भने क्षेत्र नंबर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेद्वारी परेको थियो ।