Swornakshar Logo

एमालेका डोल्पो गाँउपालिका अध्यक्ष र वडा अध्यक्षहरु माओवादी प्रवेश,प्रचण्डले गरे स्वागत

डोल्पा । नेकपा एमालेबाट निर्वाचिन गाँउपालिका अध्यक्ष नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ सहित सवै उडा अध्यक्षहरुलाई माओवादी केन्द्र प्रवेश गराएका हुन् ।

प्रवेश कार्यक्रमपछि अध्यक्ष प्रचण्डको स्वकीय सचिव गंगा दाहालले भनेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड संगै अर्थ मन्त्री जनार्दन शर्मा, माओबादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत लगायत नेताहरुको आतिथ्यतामा डेल्पाको डोल्पो बुद्ध नेकपा एमाले बाट निर्बाचित गाउपालीका अध्यक्ष लगाएत संपुर्ण वडा अध्यक्ष ने।क।पा माओबादी केन्द्र मा प्रवेश कार्यक्रम ।’

गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ सहित सवै वडाका अध्यक्षहरु माओवादी प्रवेश गरेका हुन् । १ नम्बर वडा ध्यक्षमा क्याल्पो भोटे थापा, २ नम्बर वडाध्यक्ष छोइक्याप भोटे, ३ नम्बर वडाध्यक्ष पाल्जाङ लामा र ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ सहित दुइ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

फोटोे–गंगा दाहाल