Swornakshar Logo

आउदो चुनावमा ओली गुटको पत्तासाफ हुन्छः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेको पत्ता साफ हुने बताएका छन् । बुधबार एमालेको डडेल्धुरा जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित गदै उक्त दाबी गरेका हुन् ।

नेपालले आउदो चुनावमा एमाले पार्टी पत्तासाफ हुने दाबी गरे । उनले भने ‘पाँच पार्टीको गठबन्धन बनेको छ । आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं । केपी गुटको पत्तासाफ हुने छ ।’

नेपालले एमालेको सूर्य चिन्ह आफूले ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको दाबी गरे।
उनले भने ‘सूर्य चिन्ह ल्याउने मान्छे मै हुँ । तर अहिले सूर्यमा ग्रहण लागेको छ । हाम्रो चिन्ह कलम हो। अब जनताले चिन्ने छन् न्यायको पक्षमा उभिने कलम नै हो ।’

आउदो चुनावमा टर्च बालेर केपी गुटको सिट खोज्नुपर्छ उनले बताए ।