Swornakshar Logo

प्रदेश १, सुदुरपश्चिम र कर्णाली प्रदेशमा फेरिए प्रदेश प्रमुख

काठमाडौं । नेपाल सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख फरेको छ । प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख फेरेका हुन । सरकारले प्रदेश १ को प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई प्रदेश प्रमुखमा नियुक्त गर्नका लागि सिफारिस गरेको स्रोतले बताए ।

प्रदेश १ मा केपी शर्मा ओली सरकारले नियुक्त गरेका सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख​ थिए ।

त्यस्तै कर्णाली प्रदेशमा प्रदेश प्रमुख रहेका गोविन्दप्रसाद कलौनीलाई २०७६ कात्तिकमा ओली सरकारले नियुक्त गरेको थियो ।

२०७६ कात्तिकमा तत्कालीन ओली सरकारले शर्मिला त्रिपाठीलाई नियुक्त गरेको थियो । ओली सरकारले नै ०७८ वैशाखमा त्रिपाठीलाई पदमुक्त गरेर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख बनाएको थियो ।