Swornakshar Logo

सुदुरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशी नियुक्त

काठमाडौं । सरकारले देवराज जोशीलाई सुदुरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।  नेपाल सरकारको सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

नेपाली कांग्रेसबाट संबिधानसभा सदस्य पनि भइसकेका छन् । नेपाली काङ्ग्रेस बाजुराका पूर्व पार्टी सभापति समेत बनेका जोशी सुदुरपश्चिम प्रदेश प्रमुख नियुक्त भएका छन् ।