Swornakshar Logo

न्युजिल्याण्डमा आजदेखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू

काठमाडौं । न्युजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानुन आजबाट लागू भएको छ। गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशत बहुमतका साथ इच्छा मृत्यु रोज्न पाउने कानुन पास भएको थियो।

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले इच्छा मृत्युलाई कडा मापदण्ड बनाउँदै आजदेखि इ लागू गरेको छ । आज देखि इच्छा मृत्यु सेवालाई वैधानिकता दिएको हो। इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनुपर्ने पहिलो सर्त भएको समाचारमा जनाइएको छ ।

कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्। यो प्रक्रियाका लागि कम्तीमा दुई जना चिकित्सकको सिफारिस अनिवार्य गरिएको जनाईएको छ ।

इच्छा मृत्युलाई कानुनी बनाएपछि निको नहुने रोग लागेकाहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।