Swornakshar Logo

प्रतिक्रान्तिकारीहरुको ध्यान माओवादी सिध्याउनेतर्फ छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशभित्रका प्रतिक्रान्तिकारीहरुको र देशबाहिरका केही शक्तिहरुको ध्यान माओवादी हराउन तर्फ रहेको बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीप्रति जनताको उभार फेरि आउन थालेको देखेपछि प्रतिक्रियावादीहरु आत्तिएको बताए ।

प्रचण्डले कसैको नाम नलिएर भने ‘तपाईहरुले हिजो अस्तिका भाषा पनि सुन्नुभयो होला, उनको टार्गेट माओवादी र प्रचण्डप्रति देखिन्छ । प्रतिक्रान्तिकारी प्रतिगामीहरु जसरी हुन्छ माओवादी र प्रचण्ड सिध्याउने भनेर लागेका छन् ।’

अहिले अनौठो लाग्न सक्छ, सबै मिलेर प्रचण्डलाई हराउनेमा छन् । तर व्यक्तिगत रुपमा हारजितको मतलब छैन, लास्टसम्म लड्ने भनेर हिँडेको प्रचण्डले बताए ।