Swornakshar Logo

अर्थमन्त्री शर्मा वाइसीएल हेटौंडा नगर सम्मेलनलाई सम्बोधन गर्न आइतबार हेटौंडा आउँदै

हेटौंडा । आइबार वाइसिएल हेटौंडाको नगर सम्मेलन उद्घाटन गर्न अर्थमन्त्री तथा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा हेटौडा आउने भएका छन् ।

आइतबार हुने माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा नगर सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आउने माओवादी केन्द्रका मकवानपुर जिल्लाका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।

वाइसीएल हेटौंडा नगर सम्मेलनलाई सम्बोधन गर्न शर्मा हेटौंडा आउन लाग्नु भएको हो । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा अर्थमन्त्री शर्मासंगै वाइसीएल केन्द्रीय इन्चार्ज राम प्रसाद सापकोटा (दीपशिखा) र संयोजक सुमन देवकोटा (अब्दुल) पनि आउने प्रचार विभाग प्रमुख पाख्रिनले जानकारी दिए ।

सम्मेलनलाई पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशको नवनियुक्त सामाजिक विकास मन्त्री कुमारी मोक्तान, माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) लगायतले सम्बोधन गर्नु हुनेछ । आइतबार बिहान ११ बजे हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने सम्मेलनले वाइसीएल हेटौंडा उपमहानगर कमिटीको नयाँ नेतृत्वसहितको कमिटी निर्माण गर्नेछ ।