Swornakshar Logo

प्रेस सेन्टरको मकवानपुरगढीमा कमिटी गठन

हेटौंडा । प्रेस सेन्टर मकवानपुरको मकवानपुरगढी गाउँपालिका समिति गठन गरिएको छ । भेलाले निलम पाख्रिनको अध्यक्षतामा ७ सदस्सीय कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा रजनी घिमिरे, सचिवमा मुकेश चौंलागाई, कोषाध्यक्षमा अक्षय कुमार घलान, सहसचिवमा सुरेश पाख्रिन, सदस्यमा सरला रुम्बा र कविना बराइली रहेका छन् ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य भिम पाख्रिनको प्रमुख आतिथ्य तथा मकवानपुरका प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’को विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा प्रेस सेन्टर मकवापनुरकी संयोजक अञ्जली थापा, माओवादी केन्द्रकी मकवानपुरगढी गाउँपालिका कमिटी ईन्चार्ज मानकुमारी नेपाली, वडा नम्बर ४ का अध्यक्ष हेमबहादुर योञ्जन, समाजसेवी रविन थिङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर मकवानपुरका सहसंयोजक एवं प्रतिनीधि सभा निर्वाचन क्षेत्र १ ‘ख’ का संयोजक एमपी शर्माको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । मकवानपुरगढीसहित सेन्टरले मकवानपुरको बागमती, बकैया, मनहरी, राक्सिराङ र कैलाश गाँउपालिकागरी ६ गाउँपालिकामा समिति गठन गरीसकेको छ भने बाँकी ४ पालिकामा पनि समिति गठनगरी जिल्ला सम्मेलन गर्ने बताईएको छ ।