Swornakshar Logo

तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा मुक्तान

हेटौडा । तामाङ पत्रकार संघ मकवानपुर अध्यक्षमा जयराम मोक्तान चयन भएका छन् । शुक्रबार भएको तेस्रो अबिधेशनबाट जयराम कोक्तानको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा सुनु थिङ , सचिव सन्देश थिङ , कोषाध्यक्ष भुवन घलान ,सह– सचिव सुनसानी थिङ लगाएतका चयन भएका छन । त्यसै गरि सदस्यहरुमा रबिन्द्र वाईवा , ईमान घलान , मेनुका बल र जमुना थिङ चयन भएका छन ।

कार्यक्रम हेटौडा उप– महानगरपालिकाका उप मेयर मिना कुमारी लामाको प्रमुख आथित्यमा भएको थियो । कार्य्रकममा बोल्दै उपमेयर लामाले तामाङ पत्रकारिता उत्थानको लागि उप–महानगरपालिका सहयोग गर्न संधै प्रतिबद्ध रहेको बताए । मकवानपुर जिल्ल तामाङहरुको बाहुल्यता भए पनि निरन्तर रुपमा पत्रकारिता गरिरहेको तामाङ पत्रकारको संख्यामा निकै कमि भएको बताए ।

संघका कार्य बाहक अध्यक्ष जनक लामाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ बागमति प्रदेशका अध्यक्ष लिला कुमार घलान , नेपाल पत्रकार महासंघ बागमति प्रदेशका महासचिव कृष्ण सारु मगर , नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणि राज गौतम , नेपाल तामाङ घेदुङ मकवानपुरका सचिव आत्मराम मोक्तान , तामाङ पत्रकार संघका केन्दिय सदस्य दुदु माया सिन्तान , नेपाल आदिबासि जनजाति पत्रकार महासंघ (फोनिज्) मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ , सचिव नवराज वाईवा , तामाङ पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष आदर्श सिं थोकर र तामाङ

पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङ लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।
अधिवेशनको अवसरमा तत्कालिन तामाङ सञ्चार समुह मकवानपुरका सस्थापक अध्यक्ष आदर्श सिं थोकरलाई सम्मान गरिएको थियो ।
त्यसै गरि अधिवेशनले प्रदेश प्रतिनिधिको रुपमा भने केन्द्रिय प्रतिनिधिको रुपमा आदर्श सिं थोकर ,जनक तामाङलाई छनौट गरिएको छ ।