Swornakshar Logo

एमालेले ४ सय महाधिवेशन प्रतिनिधि थप्ने ,अब प्रतिनिधि १९९९ हुने

काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनको लागि ४सय प्रतिनिधिहरुको संख्या थपेको छ । शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले मंसिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका लागि ४ सय जना प्रतिनिधि थप्ने निर्णय गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटी बेठले १ हजरा ५ सय ३६ जना प्रतिनिधिमात्र सहभागी हुन पाउने निर्णय गरेको थियो । तर शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको निर्णय उल्टाएर १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुन पाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बिहीबार बसेको स्थायी कमिटीले १ हजार ५ सय ३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर, केन्द्रीय कमिटीले उक्त निर्णय उल्टाएको छ ।

कात्तिक २७ मा प्रतिनिधि निर्वाचन

शुक्रबार केन्द्रयि कमिटीको बैठकले आगामी कात्तिक २७ गते महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने निर्णय गरेको छ । एमालेको केन्द्रीय कमिटीको बैठक मंसिर ९ मा सौराहामा बस्नेछ ।