Swornakshar Logo

एमाले स्थायी कमिटी बैठक बस्दै, महाधिवेशनका बारेमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक विहीबार बस्दैछ । ललितपुरस्थित तुल्सीलाल स्मृति भवन च्यासलमा अपराह्न ४ बजे बैठक बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

एमाले स्थायी कमिटी बैठकमा मंसिरमा हुने राष्ट्रिय महाधिवेशन तयारी र पालिका अधिवेशनमा केन्द्रित रहने बताइएको छ । महाधिवेशनको प्रक्रिया अनुसार एमालेले देशभर कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन सम्पन्न गरेको छ ।

‘बैठकमा वडा र पालिका अधिवेशन बारे छलफल हुने र वडा सम्मेलनदेखि नै फरक मत राख्दै आएका भीम रावलले कार्यलयमा बुझाएको पत्रबारेमा पनि छलफल हुने बताइएको छ । मंसिरमा हुने महाधिवेशनको लागि प्रतिनिधि छनौटको मापदण्ड पनि बनाउने छ ।