Swornakshar Logo

महिला प्रधानमन्त्री हुने दिन टाढा छैनः मन्त्री रेग्मी

काठमाण्डौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिला प्रधानमन्त्री हुने दिन टाढा नभएको बताइन ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री बन्न महिला योग्य छन् । एक तिहाई महिलाहरुको हरेक ठाउँमा प्रतिनिधित्व भयो भने महिला प्रधानमन्त्री हुनसक्छन् । महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ ।’

महिला राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश पनि हुनुभयो । अब प्रधानमन्त्री हुन महिला तयार हुनु पर्ने बताईन। उनले भनिन्, ‘महिला राष्ट्रपती, सभामुख, प्रधानन्यायधीश बनिसके । प्रधानमन्त्री बन्ने दीन नजिकिन्दैछ ।’
त्यस्तै, उनले पार्टीको आगामी १४ औं महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने बताईन ।