Swornakshar Logo

मन्त्री बन्न नपाएपछि कार्यकर्ताले उपेन्द्र यादवको पुत्ला जलाए

हेटौडा । जनता समाजवादी पार्टीमा मन्त्री बन्न नपाएकाहरुले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

सांसद प्रदिप यादवलाई मन्त्री नबनाएको भन्दै विरगन्जमा अध्यक्ष यादवको पुत्ला जलाएका हुन ।

प्रतिनिधिसभा सदस्य प्रदिप यादवलाई मन्त्री नबनाएको भन्दै स्थानीय नेताकार्यकर्ताले यादवको विरोध स्वरुप पुत्ला दहन गरेका बताइएको छ । शुक्रबार भएको मन्त्रीपरिषद विस्तारमा जसपाबाट प्रदिप यादवलाई मन्त्री नबनाएको विरोध स्वरुप पर्सा जिल्लामा अध्यक्ष यादवको पुत्ला दहन गर्नुको साथै नाराजुलुस गरेका छन् ।

असन्तुष्टहरुले पार्टीको झण्डामा समेत आगो लगाएका छन् भने पार्टी कार्यालयको बोर्ड समेत झिकेर फालेका छन् ।