Swornakshar Logo

एमालेले संसद छाडेर गए हुन्छः प्रचण्ड

काठमाडौं । सत्तागढबन्धनका प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई संसद छोडेर जान चुनौती दिएका छन्।

उनले एमालेले संसद अवरोध गरिरहनुको पनि कुनै औचित्य नभएको बताएका छन्।
प्रेस सेन्टरले शनिबार बिहान भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधनका क्रममा प्रचण्डले लगातार एमालेसँग संसद अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार नभएको पनि जिकिर गरे।

‘आफैँले पटक–पटक विघटन गरेको संसद अवरुद्ध गर्ने एमालेलाई अधिकार छैन। बरु संसद छोडेरै गए भो, उनले भने, विरोध नै गर्नुछ भने त जनतामा गए हुन्छ।’

उनले एमालेसँग संसद अवरुद्ध गरिरहने कुनै तर्क र तथ्य पनि नभएको जिकिर गरे।
संसद अवरुद्ध गर्नुको कुनै न तर्क छ, न त कुनै तथ्य नै ,उनले भनेका छन्, संसद विघटनलाई जायज पुष्टि गर्न मात्रै संसद अवरुद्ध गरिरहेका छन्।’