Swornakshar Logo

नेकपा माओवादी केन्द्र हेटौंडा २ को अध्यक्षमा रिजाल

मकवानपुर । नेकपा मा(ओवादी केन्द्र) हेटौंडा २ को वडा कमिटी सम्मेलन पुरा भएको छ । सम्मेलनको उद्घाटन बागमति प्रदेश कमिटी सदस्य ललित घलानले गरेका छन् ।

सम्मेलनको उद्घाटन गदै माओवादी पार्र्टीलाई सबै मिलेर एक नं को पार्टी बनाउनु पर्ने बताए । उनले सबै मिलेर पार्टीको काम गर्ने हो भने आउदो निर्वाचनमा पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
कार्यक्रममा मकवानपुर जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) पनि उपस्थित रहेको थियो । नगर इन्चार्ज विवेक राई, नगर अध्यक्ष तीर्थबहादुर थापामगर लगायत नेताहरुको उपस्थित रहेको थियो ।
भेलाले इन्द्रप्रसाद रिजालको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी चयन गरेको छ। उपाध्यक्षमा विष्णुहरी वाइबा, सचिवमा ओम पुडासैनी , सह–सचिवमा झलक छतकुली, कोषाध्यक्षमा भवानी घिमिरे चयन भएका छन् ।
आजै योङ कम्युनिस्ट लिग (वाईसीएल) वडा कमिटी चयन भएको छ । सदिम श्रेष्ठ संयोजक रहेको ५१ सदस्यीय वाइसियल वडा कमिटी गठन गरेको छ । नेकपा एकीकृत समाजवादी निकट अखिल फोर्सका मकवानपुर क्याम्पस इन्चार्ज विमल बस्नेत, विकास गोलेलगायतका विद्यार्थी नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।