Swornakshar Logo

दुईवटा मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुइटा मुख्यमन्त्री पाउने भएको छ। १ नं. प्रदेश र बागमती प्रदेशका मुख्यमन्त्री पाउने सहमति गठबन्धन बैठकमा भएको छ । नेकपा एसको स्थायी कमिटी बैठकमा माधव नेपालले ब्रिफिङ गरेको एक स्थायी समिति सदस्यले बताए ।

एक मन्त्रालयपनि हेरफेर हुन सक्ने कुरा नेपालले बैठकमा बताएको बुझिएको छ । यसैगरी आजैको बैठकले मन्त्री छान्ने जिम्मा सचिवालयलाई दिएको छ। आजै ११ सदस्यीय सचिवालय बनेको छ। सचिवालयमा माधव कुमार नेपाल, झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपाने, विजय पौडेल, राजेन्द्र पाण्डे लगायत छन्।

उनीहरूलाई मन्त्री छान्ने जिम्मा दिइएको स्थायी समिति सदस्य विरोध खतिवडाले जानकारी दिए।