Swornakshar Logo

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

सरकार बनेको लामो समय हुदा पनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलेपनि मन्त्रीपरिषद विस्तार हुन सकेको छैन । नोपली कांग्रेसले ७ माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने भएका छन् । तर त्यसमा नेकपा एसले मन्त्रालयको संख्यामा भन्दा पनि मन्दा पनि मन्त्रालय चित्त नबुझेको बताएको छ ।
सत्ता गठबन्धनमा अन्य दलहरुले मन्त्रीको नाम टुंगो लगाएका छैनन् । तर माओवादी केन्द्रले भने बुधबार बसेको स्थायी कमिटी बैठकबाट मन्त्रीको नाम टुंगो लगाएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।