Swornakshar Logo

माओवादीले ३ मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ । बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

ती स्थायी कमिटी सदस्यका अनुसार देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । बोधामाया राज्यमन्त्री हुनेछिन् ।

यस्तै मोधमाया माओवादीको जययुद्धकालीन सहिद रामवृक्ष यादवको छोरी हुन् । माओवादीको तर्फबाट सरकारमा दुई मन्त्री सहभागी छन् । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको हुन । आज छानिएका मन्त्रीहरुको मन्त्रालयबारे भने खुलाइएको छैन ।