Swornakshar Logo

प्रहरी दिवसको अवसरमा हेटौंडामा भलिबल र ब्याडमिन्टन प्रतियोगिता

हेटौंडा । ६६औं प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले भलिबलर र ब्याडमिन्टन प्रतियोगिता आयोजना सम्पन्न भएको छ । खेलमा बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर , चितवन, दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र सशस्त्र प्रहरी गण रातोमाटे गरी ५ वटा प्रहरी कार्यालको सहभागिता रहेको थियो ।

भलिबलमा दंगा नियन्त्रण प्रहरी गण हेटौंडा प्रथम भएको छ । दोस्रो स्थान बागमती प्रदेश प्रहरी कार्यालयले हात पारेको थियो । भलिबलमा समेत बिजेता पहिलो र दोस्रो हुने खेलाडीहरुलाई प्रहरी दिवसको कार्यक्रममानै नगद, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

खुल्ला डबल्स व्याडमिन्टन प्रतियोगता पनि सम्पन्न भएको छ । खेलमा बागमती प्रदेश अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुका १५ टिम र अन्य नागरिकहरुबाट १५ टिम गरी जम्मा ३० टिमको सहभागिता रहेको थियो ।

खेलमा हेटौंडा निवासी अभिषेक वोस र माधवी वोसको टोली प्रथम भएको थियो । हेटौडा निवासीनै नविन पौडेल र हिकमत सिंह पातलीको टोलीले दोस्रो भएको थियो । त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहेका प्रहरी उपरीक्षक नवराज अधिकारी र प्रहरी हवल्दार हरि बहादुर तामाङको टोली, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी हवल्दार पोषण चौधरी र प्रहरी जवान राम बहादुर थापाको टोली गरी २ टिमले तेस्रो स्थान हासिल गरेका छन् ।
खेलमा बकैया गाउँपालिका ४ का खेलाडी डाक्टर टिकाराम राईलाई उत्कृष्ट खेलाडीको रुपमा छनौट गरिएको छ । बिजेता खेलाडीहरुलाई यही असोज २० गते यस कार्यालयमा हुने ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा सिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।